PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

पेट्रोलको कोटा बढ्यो, अब मोटरसाइकल र स्कुटरले १० लिटरसम्म पाउने



पहिलोपोस्ट

पेट्रोलको कोटा बढ्यो, अब मोटरसाइकल र स्कुटरले १० लिटरसम्म पाउने

काठमाडौँ : ट्याङ्कर चालकहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएपछि नेपाल आयल निगमले शुक्रबारदेखि लगाएको कोटा प्रणाली २४ घण्टापछि बढाएको छ। 

अब मोटरसाइकल, स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी साधनहरुले एक पटकमा बढीमा १० लिटरसम्म पेट्रोल पाउने छन्। हिजो यो कोटा ५ लिटरमा मात्र सीमित थियो। 

त्यसैगरी चार पाङ्ग्रे सवारी साधनहरुले अब एक पटकमा बढीमा २५ लिटरसम्म पेट्रोल पाउने छन्। 

नेपाल आयल निगमले शनिबार पनि काठमाडौं उपत्यकामा मात्रै ठुलो परिमाणमा पेट्रोल र डिजले वितरण गरेको जनाएको छ। 

निगमले थानकोट डिपोबाट शनिबारका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको निगमले जनाएको छ। 

निगमले यो परिमाणको इन्धन काठमाडौं उपत्यकामा वितरण गरिएपछि पेट्रोलियम पदार्थिको आपूर्तिमा देखिएको असहजता अन्त्य गर्न सहयोग पुग्ने पनि जनाएको छ। 

चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले विदाको दिनमा समेत वितरण गरेको हो। 
थानकोट डिपोले शुक्रबार ५ लाख ८ हजार लिटर पेट्रोल र  ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell