PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

तेलमा तोकिएको काेटा निगमले हटायो, माग बमोजिम तेल भर्न पाइने



पहिलोपोस्ट

तेलमा तोकिएको काेटा निगमले हटायो, माग बमोजिम तेल भर्न पाइने

काठमाडौँ: चालकको हड्तालका कारण आपूर्ति असहज भएपछि नेपाल आयल निगमले इन्धन वितरणमा शुक्रबारदेखि जारी गरेको कोटा प्रणाली हटाएको छ। इन्धन वितरण सहज बनेपछि आइतबारदेखि कोटा प्रणाली हटाइएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।

निगमले बाइक, कार र लामो दुरीका सवारी साधनलार्इ तोकिएको परिमाणमा तेल दिन निर्देशन जारी गरेको थियो । निगमले बाइक र स्कुटरलार्इ पाँच लिटर, हल्का सवारी साधन कार तथा भ्यानलार्इ १५ लिटर, डिजेलबाट सञ्चालन हुने छोटो दुरीका सवारी साधनलार्इ बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलार्इ बढीमा सय लिटर तेल दिने व्यवस्था गरेको थियो।

निगमले एम्बुलेन्स,स्कुल बस तथा सरकारी सवारी साधनलार्इ भने कोटा प्रणाली लागू गरेको थिएन। निगमले शनिबार मात्रै थानकोट डिपोबाट ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell