PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आउँदो महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारमाः महामन्त्री कोइराला



चन्द्रकान्त खनाल

आउँदो महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारमाः  महामन्त्री कोइराला

रुपन्देहीः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिमा कोइराला परिवारबाट उम्मेद्धारी पर्ने बताएका छन्। बुटवलमा आइतबार भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले महाधिवेशनमा कोइराला परिवारबाट शेखर, सुजाता वा आफूमध्ये एक जनाले सभापतिमा उम्मेद्धारी दिने घोषणा गरे।

कोइराला परिवारभित्रका नेताहरुको सम्बन्ध र आगामी महाधिवेशनमा सभापतिको उम्मृद्धारीको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा कोइराला परिवारभित्र कुनै विवाद नभएको र आउँदो महाधिवेशनमा  मिलेर नै एक जनाले उम्मेद्धारी दिने बताए।

शेखर सुजाता र म बीच कुनै विवाद छैन। महाधिवेशन आउन पनि समय छ। त्यत्ति बेला मिलेर नै एक जनाको उम्मेद्धारी पर्छ। महामन्त्री कोइरालाले पार्टीको विधान संशोधन गर्दा केन्द्रीय सभापतिसहित केन्द्रका अधिकारलाई वडा तहसम्म विकेन्द्रीत गर्नु पर्ने बताए । उनले भने पार्टी सामुहिक नेतृत्वमा जाने कि सभापतीय पद्धतिमा भन्नेमा स्पष्ट पारेनन्।

कांग्रेस महामन्त्री कोइरालाले दुई तिहाई बहुमतको सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न आरोप लगाउँदै बिकासका लागि स्पष्ट योजना ल्याउन नसकेको बताए। महामन्त्री कोइरालाले पार्टी गुट उपगुटका कारणले सही हिसाबले अघि बढन नसकेको उल्लेख गर्दै आन्तरिक विवादलाई साम्य पारेर आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे।

डा. कोइरालाले मुलुक संघीयतामा गएपछि पनि दुई तिहाईको कम्युनिस्ट सरकारले केन्द्रीकृत शासन चलाउन खोजिरहेको बताए। यस्तो अवस्थामा जनतालाई अधिकार दिलाउन कांग्रेसको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ। मुल्यबृद्धि र कर बृद्धिले जनता निरास भएको बताउँदै सरकारलाई समयमै सोच्न र गलत निर्णय सच्याउन महामन्त्री कोइरालाले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell