PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अस्करका लागि भारतबाट 'भिलेज रकस्टार्स'



पहिलोपोस्ट

अस्करका लागि भारतबाट 'भिलेज रकस्टार्स'

९१ औं एकेडेमी अवार्ड (अस्कर) प्रतिस्पर्धाका लागि नेपाली फिल्म 'पञ्चायत' छौनट हुँदा बलिउडको पनि अस्कर तयारी सकेको छ। भारतीय फिल्मकर्मीले अस्करका लागि आसामी फिल्म 'भिलेज रकस्टार्स' छनौट गरेको छ।

भारतीय मिडियाका अनुसार गरीब बालबालिकाको कथा बोलेको छ। फिल्मलाई रिमा दासले निर्देशन गरेकी हुन्। यसअघि फिल्मको 'टोरन्टो फिल्म फेस्टिभल'मा वोल्ड प्रिमियर सम्पन्न भयो। त्यस्तै फिल्मको 'मुम्बई फिल्म फेस्टिभलमा' इन्डिया प्रिमियर पनि भइसक्यो। फिल्मले '६५ औं नेश्नल फिल्म अवार्ड'मा फिचर फिल्मको अवार्ड जितेको थियो।

द एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेद्वारा सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९१औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) वितरण गरिनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell