PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विषाक्त रक्सी सेवन गरेका थप एक नेपालीको मृत्यु, चारको अवस्था अझै गम्भीर



विधुर ढकाल

विषाक्त रक्सी सेवन गरेका थप एक नेपालीको मृत्यु, चारको अवस्था अझै गम्भीर
फाइल फोटो

काठमाडौं: मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ। विषाक्त मदिराको सेवनबाट विरामी परेका थप एक जनाको मृत्यु भएको छ। गत सोमवार विषाक्त मदिरा सेवन गरेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। 

बुधवारसम्म ६ नेपालीको मृत्यु भएकोमा शुक्रवार थप एक नेपालीको मृत्यु भएको क्वालालम्पुर स्थित नेपाली दुतावासले जनाएको छ। यसरी मृत्यु हुनेमा नवलपरासी साविकको देउराली ८ का दुर्गासिंह राना रहेका छन्। उनको उपचारका क्रममा सुंगाइबुलो अस्पतालमा मृत्यु भएको हो।

यसअघि रुपन्देही साविकको मसिना गाविस वडा नं. ६ का रामकुमार यादव, धादिङ जिल्ला साविकको बसेरी–३ का मिमबहादुर घले, डडेलधुरा साविक अमरगढीका विशाल बुढाथोकी, सुनसरी जिल्लाको साविकको पश्चिमकुसाहा वडा नं. ९ का सञ्जय उराव, साविकको सिद्धिथुम्का वडा नं. ९ इलामका बलबहादुर कुलुङ र पथ्थरकोट ६ सर्लाहीका आइतसिंह गोलेको मृत्यु भएको थियो। 
 

चारको अवस्था गम्भीर 


यसैबीच विषाक्त रक्सी सेवनबाट विरामी भएका १२ नेपालीको उपचार अझै मलेसियाका तीन वटा अस्पतालमा भइरहेको छ। जसमध्ये चार जनाको अवस्था गम्भिर र एक जनाको अवस्था स्थिर रहेको दुतावासले जनाएको छ। 

बाँकी सात जनाको अवस्था सुधारोन्मुख रहेको छ। अस्पतालमा उपचार गराइरहेका सुंदेल–७ खोटाङकी चम्पावती राई, रघुनाथपुर–६ बाराका  राधेश्याम बैठा, सुकुवल घिसिङ (ठेगाना नखुलेको), विमल कार्की (ठेगाना नखुलेको) को अवस्था गम्भिर रहेको दुतवासले जनाएको छ। त्यस्तै फरेना–७, रुपन्देहीका रामचन्द्र लोधको अवस्था स्थिर रहेको दुतावासले जनाएको छ। 

त्यस्तै च्यांली-२ गोरखाका लोकबहादुर बराम, ठेगाना नखुलेका राजेशकुमार हजारी, ढुंग्रेखोला–८ सर्लाहीका रिखामान स्याङतान, चौकामागु–६ पाँचथरका सेतवीर तुम्वाम्पो, बावियाबिर्ता–३ मोरङका जम्बिरलाल झाँगड, धुलिखेल काभ्रेका चन्द्रसिंह तामाङ र ठेगाना नखुलेका दाते बहादुर सारु मगरको अवस्था सुधारोन्मुख रहेको दुतावासले जनाएको छ। 

हालसम्म लुंगनाथ मगर, जितबहादुर माझी, प्रवीण थारु, दुर्गाबहादुर राई र भागिमान डाँगी उपचार पछि डिस्चार्ज भएका छन्।

यता मलेसियामा विषाक्त मदिराको सेवनबाट विरामी हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो समयमा नेग्रि सेम्विलानमा समेत विरामीहरु देखिन थालेका छन्। यसअघि विषाक्त रक्सी सेवनबाट क्वालालम्पुर सेलानगोर र पेराकमा विषाक्त रक्सी सेवनबाट विरामी भएका घटना दर्ता भएका थिए। 

विषाक्त मदिराको सेवानबाट मलेसियामा शनिवार सम्म मृत्यु हुनेको संख्या २९ पुगेको त्यहाँको समाचार संस्था दी स्टार अनलाइनले जनाएको छ। 

मलेसियाभर विषाक्त रक्सीको सेवनबाट सात मलेसियाली नागरिकसहित २९ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ। मृत्यु हुनेमा सबैभन्दा बढी म्यानमारका नागरिक रहेका छन्। म्यानमारका १० जनाको मृत्यु भएको र ११ जना अस्पतालमा रहेको समाचारमा उल्लेख छ। दी स्टारमा आज प्रकाशित समाचारमा ६ २५ नेपाली विषाक्त रक्सीको सेवनबाट विरामी परेर अस्पतालमा उपचार गराएको उल्लेख छ। बंगलादेशका एक र भारतका एक जनाको मृत्यु भएको छ। मृत्यु हुने चार जनाको पहिचान खुलेको छैन। 

हालसम्म मलेसियाभर ८६ यस्ता केस दर्ता भएका छन्। जसमध्ये १६ जना उपचारपछि फर्किएका छन् भन् २९ को मृत्यु भएको र बाँकी ४१ जनाको अझै उपचार भइरहेको मलेसियाका स्वास्थ्य निर्देशक डा नुर हिसामले जनाएका छन्। 

मलेसियाले शनिबार सम्म ४०२ वटा मदिरा विक्री केन्द्रमा छापा मारेको छ। 

र यो पनि:  

मलेसियामा मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो :  १२ को अवस्था अझै गम्भीर, रक्सी बेच्ने सात पक्राउ
श्रीमानको शव पर्खाइमा अस्पतालमा विक्षिप्त डोल्मो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell