PahiloPost

May 16, 2026 | २ जेठ २०८३

'इन्टु मिन्टु लन्डनमा' बन्यो शारुकको 'टर्निङ पोइन्ट'



पहिलोपोस्ट

'इन्टु मिन्टु लन्डनमा' बन्यो शारुकको 'टर्निङ पोइन्ट'

काठमाडौं : फिल्म 'रानी' शारुक ताम्राकाको पहिलो फिल्म हो। मनिष सुन्दर श्रेष्ठसँगै उनले दयाराम दहालको फिल्मबाट डेब्यू गरेका थिए। उनको डेब्यू फिल्म खासै चलेन। फिल्मबाट उनले आफ्नो अभिनयको प्रशंसा त बटुले। तर पनि सबै फिल्मकर्मीको नजरमा परेनन् शारुक।

उनीसँगै फिल्म क्षेत्रमा प्रवेश गरेका अर्का अभिनेता मनिषले 'तिमी हुन्छौ जहाँ जहाँ' गरे। उनी भने समय फिल्म क्षेत्रबाट टाँढा नै रहे। त्यसपछि उनले फिल्म 'मेरी मामु' गरे। लगतै अर्को तेश्रो फिल्म 'इन्टु मिन्टु लन्डनमा' उनी देखिए।

हुन त 'रानी'मा लिड भूमिकामा देखिएका शारुकको चर्चा त्यत्ति भएन। तर अहिले उनी साहयक भूमिकामा देखिएको 'इन्टु मिन्टु लन्डनमा'ले उनको चर्चा ह्वातै चुलिएको छ।  दर्शकले उनको अभिनयलाई रुचाएका छन्। यो फिल्म उनको करियरको 'टर्निङ पोइन्ट' बन्ने फिल्मकर्मीमा चर्चा छ। शारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell