PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

निर्माण व्यवसायी महासंघको अध्यक्षमा कांग्रेसनिकट रवि सिंह निर्वाचित



पहिलोपोस्ट

निर्माण व्यवसायी महासंघको अध्यक्षमा कांग्रेसनिकट रवि सिंह निर्वाचित

काठमाडौंः नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा नेपाली कांग्रेसनिकट व्यवसायी रवि सिंह निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न महासंघको ११ औं अधिवेशनमा कांग्रेसकै बागी उम्मेदवार निवर्तमान महासचिव रामशरण देउजा, वामगठबन्धननिकट व्यवसायी यज्ञध्वज कार्की र स्वतन्त्र उम्मेदवार पुरुषोत्म मानन्धरलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।

सिंह यसअघि महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा लामो समय काम गरेका व्यक्ति हुन्। वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाटै युवा व्यवसायी निकोलश पाण्डे निर्वाचित भएका छन्।

यस्तै एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी भएका छन्। कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोसाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन्।

सातै प्रदेशबाट निर्वाचित उपाध्यक्षहरु

प्रदेश नम्बर १ बाट धिरेन्द्र दाहाल

प्रदेश नम्बर २ बाट सुरेन्द्रप्रसाद सिंह

प्रदेश नम्बर ३ बाट पेम्बा लामा शेर्पा

प्रदेश नम्बर ४ बाट राजेन्द्र पहाडी

प्रदेश नम्बर ५ बाट टोप बहादुर रायमाझी

प्रदेश नम्बर ६ बाट रत्न बहादुर खड्का

प्रदेश नम्बर ७ बाट टेक बहादुर सेटी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell