PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एआइजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान



पहिलोपोस्ट

एआइजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौः अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका तीन जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

सरकारले गृह मन्त्रालयको बढुवा समितिले गरेको सिफारिस अनुसार नेपाल प्रहरीका तीन डिआइजीलाई शुक्रवार अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको थियो। पहिलो नम्बरमा बढुवा भएका डिआइजी पुष्कर कार्की, दोस्रोमा ठुले राई र तेस्रोमा  धिरु बस्नेतले दर्ज्यानि चिन्ह लगाएका हुन्।

सरकारले कार्कीलाई प्रहरी प्रधान कार्यालयमा रहेको कार्य तथा अपराध अनुसन्धान विभागमा, राईलाई मानव स्रोत तथा प्रशासन विभागमा र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरेको छ। 

 

बढुवाका लागि पाँच जना प्रतिस्पर्धी थिए। सरकारले तीन जना मात्र एआइजी बनाउने निर्णय गरेसँगै पाँच जना डिआइजी मध्येबाट तीन जनालाई बढुवा गरिएको हो। प्रतिस्पर्धामा रहेका डिआइजी मनोज न्यौपाने र सुरेन्द्रविक्रम शाह भने बढुवा सूचीमा परेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell