PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रहरी महानिरिक्षक खनालको चेतावनी 'नचाहिने काम आजैबाट सर्लक्क छोड्नुहोस्, नत्र जोसुकै भएनि छाड्दिनँ'



पहिलोपोस्ट

प्रहरी महानिरिक्षक खनालको चेतावनी 'नचाहिने काम आजैबाट सर्लक्क छोड्नुहोस्, नत्र जोसुकै भएनि छाड्दिनँ'

काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई संगठनको छवि धमिल्याउने कामहरू तत्काल छोड्न निर्देशन दिएका छन्।

आइतवार प्रहरी प्रधान कार्यालय नक्साल आयोजित दर्ज्यानि चिन्ह प्रदान कार्यक्रममा  प्रहरी महानिरीक्षक खनालले कुनै पनि प्रहरी कर्मचारी उसको कामको आधारमा मात्र नेतृत्वको नजिक पुग्ने भएकाले गलत काम बन्द गर्ने निर्देशन दिएका हुन्। महानिरिक्षक खनालले भने,' नचाहिने काम आजैबाट सर्लक्क छोड्नुहोस्।'

खनालले प्रहरी सङ्गठनलाई उत्कृष्ट बनाउने चाहना भएकाले सबै प्रहरीले सङ्गठन प्रति निष्ठा र इमानदारीको साथ काम गर्नसमेत निर्देशन दिए। त्यस्तै  नीति विपरीतको कार्यमा संलग्न भएको पाइएमा जो सुकै भए पनि कारबाहीको दायरामा ल्याई छोड्ने दाबी गरे ।   

महानिरीक्षक खनालले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका तीन जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह लगाएका छन्। डिआइजी पुष्कर कार्की, ठुले राई र  धिरु बस्नेतले एआइजीको दर्ज्यानी चिन्ह लगाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell