PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

निर्मला हत्याका दोषी सरकारी संरक्षणमा रहेको महिला संघको आरोप : १३ फोटोमा हेर्नुस् धनगढी प्रदर्शन

निर्मला हत्याका दोषी सरकारी संरक्षणमा रहेको महिला संघको आरोप : १३ फोटोमा हेर्नुस् धनगढी प्रदर्शन

एम बम/पहिलोपोस्ट


कैलाली: निर्मला हत्या प्रकरणमा सरकारले दोषी पत्ता लगाउन ढिलाइ गरेको भन्दै नेपाल महिला संघले आज धनगढीमा बृहत प्रदर्शन गरेको छ। घटना भएको २ महिनासम्म पनि सरकारले दोषी संरक्षण गरी रहेकोले निर्मलाको न्यायमा ढिलाइ भइ रहेको महिला संघको आरोप छ।
 
प्रदर्शनका क्रममा महहिलाहरुले केन्द्र सरकार र प्रदेश सरकारका विरुद्धमा नारावाजी समेत गरे। सरकारले दोषीलाइ चाँडो कारवाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी पनि संघले दिएको छ।
 
घटनाको दोषी दुई महिनासम्म पनि पत्ता नलाग्नुले सम्पूर्ण महिलाहरुमा निराशा छाएको कैलालीकी महिला संघ सदस्य पुष्पा भट्टले बताइन्। 

नेपाल महिला संघले निर्मला पन्तको घटनाका दोषीलाइ यथासक्य कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्रसमेत बुझाएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell