PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रिमियर लिग : चेल्सीले खेल्यो सिजनको पहिलो बराबरी



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीले खेल्यो सिजनको पहिलो बराबरी

लण्डन क्लब चेल्सीले प्रिमियर लिग २०१८-१९ सिजनको पहिलो बराबरी खेलेको छ। सुरुवाती ५ खेलमा जित हात पारेको चेल्सी छैटौँ चरणको खेलमा वेष्टह्यामसँग बराबरीमा रोकिएको छ।

वेष्टह्यामको मैदानमा आइतवार भएको खेल गोलरहित बराबरीमा सिकएपछि दुवै क्लबले १/१ अंक बाँडेका छन्। बराबरीपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ।

चेल्सीले ६ खेलबाट म्यानचेष्टर सिटी समान १६ अंक जोडेपनि गोल अन्तरमा पछि रहँदै तेस्रो स्थानमा छ। चेल्सी बराबरीमा रोकिएसँगै यस सिजन प्रिमियर लिगमा शतप्रतिशत जित निकाल्ने एक मात्र क्लब लिभरपुल बनेको छ। लिभरपुलले लगातार ६ खेल जितिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell