PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

मूल्यवृद्धिविरुद्ध राजधानीका विभिन्न ठाउँमा नेविसंघको विरोध प्रदर्शन



पहिलोपोस्ट

मूल्यवृद्धिविरुद्ध राजधानीका विभिन्न ठाउँमा नेविसंघको विरोध प्रदर्शन

काठमाडौः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यबृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ताको माग गर्दै राजधानीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ।

संघले कीर्तिपुरको त्रिभवन विश्वविद्यालय,काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारबाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर लगाइएका थिए।

सथै उनीहरुले मन्त्रीमण्डलका सबै मन्त्रीहरुको समूहिक रुपमा पुत्ला दहन पनि गरेका छन् । सरकारले सर्वसाधारणलार्इ मारमा पर्ने काम गरेको भन्दै रोष प्रकट गरे।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell