PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बंगबन्धु गोल्डकप : किरण र रोहितको स्थानमा विशाल र तेज, नेपालले मंगलबारबाट ट्रेनिङ गर्ने



पहिलोपोस्ट

बंगबन्धु गोल्डकप : किरण र रोहितको स्थानमा विशाल र तेज, नेपालले मंगलबारबाट ट्रेनिङ गर्ने

काठमाडौँ : बंगलादेशमा अक्टोबर १ देखि सुरु हुने पाँचौ संस्करणको बंगबन्धु गोल्डकपमा नेपालबाट साफ च्याम्पियनसिपमा रहेको ६ोली नै जाने भएको छ। 

साफ च्याम्पियनसिप खेलेको टोलीमा रहेका २० मध्ये १८ खेलाडी यथावत छ भने विदेशी लिगमा व्यस्त रहेका गोलिकपर किरण चेम्जोङ र रोहित चन्दको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङ छन्।

एन्फाले सोमवार दुई खेलाडीलाई बोलाउँदै बंगबन्धु खेल्ने नेपाली टोलीको नाम तय गरेको हो। तेज नेपाल पुलिस क्लब र विशाल मनाङ मर्स्याङदी क्लबबाट  ए डिभिजनका लागि दर्ता भएका खेलाडी हुन्।

साफ खेलेका किरण माल्दिभ्स र रोहित इन्डोनेसियन लिगमा व्यस्त छन्।

यी दुई खेलाडी उपलब्ध नभएपछि एन्फाले दुई नयाँ खेलाडीलाई टिममा राखेको हो। तेज तामाङले पहिलो पटक नेपालको सिनिय टिममा स्थान बनाएका हुन्। 

एन्फाका अनुसार नेपालले बंगबन्धु गोल्डकपमा लागि मंगलबारदेखि तयारी सुरु गर्नेछ। नेपाली टोली सेप्टेम्वर ३० तारिख (असोज १४) मा बंगलादेश प्रस्थान गर्नेछ। समूह ए मा रहेको नेपालले अक्टोबर २ (असोज १६) मा ताजिकिस्तानसँग पहिलो खेल खेल्नेछ। यस्तै अक्टोबर ६ मा प्यालेष्टाइनसँग दोस्रो खेल खेल्नेछ।

यसैबीच एन्फाले असोज १३ गतेदेखि सुरु गर्ने लागेको ए डिभिजन लिगको उद्घाटन खेल खेलाउने र बंगबन्धु गोल्डकप अवधीभर लिग स्थगित गर्ने निर्णय गरेको छ। 

 

बंगबन्धु गोल्डकप खेल्ने २० सदस्यीय नेपाली टोली

गोलकिपर : बिकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ

डिफेण्डर : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल

मिडफिल्डर : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ

फरवार्ड : भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell