PahiloPost

May 16, 2026 | २ जेठ २०८३

ए डिभिजन लिग : १३ गते उद्घाटन खेल हुने पक्का, बंगबन्धु गोल्डकप अवधिभर लिग स्थगित गरिने



पहिलोपोस्ट

ए डिभिजन लिग : १३ गते उद्घाटन खेल हुने पक्का, बंगबन्धु गोल्डकप अवधिभर लिग स्थगित गरिने

काठमाडौँ : झण्डै पाँच वर्षपछि एन्फाले आयोजना गर्ने लागेको सहिद स्मारक ए डिभिजन लिग सुरुमै प्रभावित हुने भएको छ। ए डिभिजन लिग यही असोज १३ गतेबाट सुरु हुँदैछ। तर नेपालले असोज १६ गतेबाट बंगलादेशमा बंगबन्धु गोल्डकप खेल्ने पक्का भएपछि लिग प्रभावित हुने भएको हो।

तर एन्फाले असोज १३ गते उद्घाटन खेल खेलाउने निर्णय गरेको छ। त्यसपछि दशौँ अघिका खेलहरु स्थगित हुनेछ। 'हामी उद्घाटन खेल खेलाउनेछौँ। त्यसपछि नेपाली टोली बंगलादेश जानेछ। त्यस समय लिग स्थगित हुनेछ। सम्भव भएसम्म दशौँ अघि बढीमा दुई राउण्ड र घटीमा एक राउण्ड खेल सक्ने हाम्रो योजना छ।' एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने।

उनले बंगबन्धु गोल्डकपमा नेपालको प्रदर्शन हेरेर लिगको खेल तालिकाको टुङ्गो लगाउने पनि बताए।

ए डिभिजन लिगको उद्घाटन खेलमा न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी भिड्नेछन्। आर्मीमा राष्ट्रिय टिमका ४ खेलाडी छन्। असोज १३ गते लिग खेलेको भोलीपल्टै आर्मीका खेलाडीहरु विकेश कुथु, सुमन अर्याल, भरत खवास र नवयुग श्रेष्ठ राष्ट्रिय टिमसँगै बंगलादेश जानेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell