PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो



पहिलोपोस्ट

दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौँः दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ। नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ५ गतेदेखि नै अग्रिम बुकिङ गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै समिति र कम्पनीहरुले बुकिङ गरेका थिएनन्। व्यवसायी र सरकारबीच दश प्रतिशत भाडा बढाउने सहमति भए अनुसार मंगलबारदेखि बुकिङ खुला भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell