PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता



पहिलोपोस्ट

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

काठमाडौँः संयुक्त राष्ट्र संघको महासभा साइडलाइनमा नेपाल र भारतबीच द्विपक्षीय छलफल भएको छ। राष्ट्र संघको महासभामा सहभागी हुन पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराजबीच महासभा साइडलाइनमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटका क्रममा दुर्इ देशबीचको द्विपक्षीय सहयोगका विविध पक्षमा छलफल भएको बताइएको छ। यसैबीच परराष्ट्रमन्त्री ज्ञवाली महासभा साइडलाइनमा लागूऔषध समस्यासम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकमा सहभागी भएका छन्।

त्यस्तै परराट्रमन्त्री ज्ञवालीले आजै संयुक्त राष्ट्र संघका उपमहासचिव तथा शान्ति मिसन अप्रेशनका प्रमुख जन पिइर्रेसँग भेटवार्ता गरेका छन्। यसैवर्ष शान्ति स्थापनासम्बन्धी नेपाल र राष्ट्रसंघको साझेदारी ६० वर्ष पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell