PahiloPost

May 16, 2026 | २ जेठ २०८३

विकास समितिमा ठेकेदार सदस्य भएकोमा समितिभित्रैबाट उठ्यो प्रश्न



पहिलोपोस्ट

विकास समितिमा ठेकेदार सदस्य भएकोमा समितिभित्रैबाट उठ्यो प्रश्न

काठमाडौं : विकास समितिमा ठेकेदार सांसद रहेको विषयलाई लिएर सांसदहरुले प्रश्न उठाएका छन्। यज्ञराज सुनुवार र दुर्गा पौडेलले विषयगत समितिमा ठेकेदारलाई राखेको भन्दै कडा आलोचना गरेका हुन्।

प्रतिनिधिसभाको विकास समितिमा पप्पु कन्स्ट्रक्सनका हरिनारायणप्रसाद रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा सदस्य छन्। ठेकेदारसमेत रहेका सांसदहरु समिति सदस्य रहनु र उनीहरुले नै गरेका कामका विषयमा समितिमा छलफल हुनुपर्ने भएकाले 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' हुने भन्दै समिति सदस्यहरुले विरोध गरेका हुन्।

'पप्पु कन्स्ट्रक्सनकै यत्रो कुरा उठेको छ। यस्तो अवस्थामा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुनसक्छ,' समिति सदस्य सुनुवारले भने, 'त्यसैले यसमाथि प्रश्न गर्नुपरेको हो।'

तीन ठेकेदारमध्ये रौनियार र बहादुरसिंह लामा समिति बैठकमा अनुपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell