PahiloPost

May 16, 2026 | २ जेठ २०८३

‘इन्टु मिन्टु लण्डनमा’ टोलीको यस्तो छ प्रदर्शन 'टुर रुटिन'



पहिलोपोस्ट

‘इन्टु मिन्टु लण्डनमा’ टोलीको यस्तो छ प्रदर्शन 'टुर रुटिन'

नेपालमा प्रदर्शनरत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को विदेश प्रदर्शनका केही रुटिन सार्वजनिक भएको छ। अक्टोबरदेखि युनिट फिल्म प्रदर्शन टुरमा निस्कनेछ।

फिल्मको विदेश यात्रा अष्ट्रेलियाबाट सुरु हुनेछ। अक्टोबर १०, ११ र १२ तारिखमा अस्ट्रेलियाका सहरहरुमा फिल्म देखाइनेछ। त्यस्तै अक्टोबर २१ मा कोरियामा रहेका नेपालीहरुले फिल्म हेर्न पाउनेछन्।

अक्टोबर २९, ३०, ३१ तारिखमा युकेमा, नोबेम्बर ३ का दिन पोल्याण्डमा, नोभेम्बर ९ हङकङ र नोबेम्बर १५ डेनमार्कमा फिल्म प्रदर्शन हुने बारे निर्देशक रेनशा राईले जानकारी दिइन्। जापान र अमेरिकामा पनि फिल्म लाग्ने तर मिति तय नभएको उनले बताइन्।

रेनशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी शाह, धिरज मगर, सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी लगायतको अभिनय छ। प्रज्वल समशेर जबरा र रेनशाको कथा रहेको रोमान्टिक लभस्टोरीमा आभास कर्माचार्यको संवाद छ। फिल्मलाई शैलेन्द्र धोज कार्कीले खिचेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell