PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

'बादशाह जुट’ नयाँ वर्षमा आउनेगरी प्याकअप



पहिलोपोस्ट

'बादशाह जुट’ नयाँ वर्षमा आउनेगरी प्याकअप

काठमाडौं: छायांकनका लागि फ्लोरमा उत्रिएको झण्डै ६ महिनामा मात्र फिल्म 'बादशाह जुट'को सुटिङ प्याकअप भएको छ। फिल्म युनिटले एक गीत छायांकन बाँकी राखी प्रदर्शन मिति पनि तय गरेको छ। थिएटरमा फिल्म आउँदो पुस १३ अर्थात् नयाँ अङ्ग्रेजी वर्षको सुरुवातबाट लाग्नेछ।

गत अप्रिलबाट सुटिङ सुरु भएको फिल्म काठमाडौं र पोखरामा खिचिएको छ।

जोनी सिंह राणाको निर्देशनमा बनेको फिल्ममा दुई राजाको कथा देखाइने बताइएको छ। फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ। प्रियंका कार्कीको पनि विशेष भूमिका रहेको छ।

एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्मसको सहकार्यमा फिल्म बनेको हो। अभिषेक कुमार सैनी लिखित फिल्म एक्सन थ्रिलर जनरामा बनेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell