PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सुनिल दत्तको यस्तो फिल्म, जसले गिनिज बुकमा नाम लेखाएको छ



पहिलोपोस्ट

सुनिल दत्तको यस्तो फिल्म, जसले गिनिज बुकमा नाम लेखाएको छ

सन् १९६४ मा यस्तो भारतीय फिल्म सार्वजनिक भएको थियो जसमा एकजना मात्र कलाकार थिए। एकमात्र कलाकार हुनुले फिल्मको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखायो। उक्त फिल्म हो 'यादे' र फिल्मका कलाकार हुन् सुनिल दत्त।

अजंत आर्टस्को प्रस्तुति रहेको फिल्म निर्माण तथा निर्देशन पनि दत्तलेनै गरेका थिए। श्यामस्वेत फिल्मलाई संसारकै पहिलो एकल अभिनय रहेको फिल्म समेत दाबी गरियो।

कामबाट घर फर्कदा श्रीमती र बालबच्चा घरमा हुँदैनन्। एकल पात्रलाई लाग्छ उनीहरु घर छोडेर भागे। जब उ घरमा एक्लो हुन्छ तब आफैसँग कुरा गर्न थाल्छ। कहिले पुराना कुरा सुनाउँछ त कहिले आफ्नो वरपर रहेका सामानसँग बोल्छ। यसरी नै कथा अघि बढ्छ।

फिल्ममा सुनिल दत्तकी श्रीमती नरगिसको आवाज समेत सुनिने बिबिसी हिन्दीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell