PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

कर्णालीबाट कांग्रेसलाई गुनासो : पार्टीको अनुशासन समिति फितलो भयो



पी बी खड्का

कर्णालीबाट कांग्रेसलाई गुनासो : पार्टीको अनुशासन समिति फितलो भयो

सुर्खेत: कर्णालीका कांग्रेस नेताहरुले नेपाली कांग्रेसको विधान लोकतान्त्रिक बनाउन सुझाव दिएका छन्। कांग्रेसको विधान संशोधन सुझाव संकलनका लागि कर्णालीमा भएको प्रदेशस्तरीय भेलाका सहभागीले पार्टीमा देखिएको चुनौतिलाई सामना गर्दै लोकतान्त्रिक पार्टीका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिईयो।

कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि दुई दिनसम्म चलेको छलफलमा कर्णालीका नेता तथा कार्यकर्ताले पार्टीको संरचनामा समेत छलफल चलाएको विधान संशोसन समितिका सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए। पार्टीको पद संरचनामा केन्द्र, प्रदेश र जिल्ला तहमा एकरुपता ल्याउनुपर्ने सुझाव दिएको उनले बताए।
 
‘विधान संशोधनका लागि निकै महत्वपूर्ण विषयहरु आएका छन्,’ उनले भने,‘पार्टीको चुनौतीलाई छिचोल्दै पार्टी सफल र सबल हुनुपर्छ भन्ने सुझाव आएको छ।’ फेरि थपे,‘पार्टीको संरचनाको विषय समेत आएको छ, केन्द्र, प्रदेश र जिल्लामा एकरुपता हुनुपर्छ भन्ने सुझाव आएको छ।’

त्यस्तै, पार्टीमा टिकट बाँड्ने अधिकार समेत केन्द्रले र जिल्लाले पाउनुपर्ने बताउँदै पार्टीको तल्लो तहसमम अधिकार सम्पन्न बनाउनुपर्ने सुझाव दिएको सदस्य विश्वकर्माले बताए।

पार्टीको अनुशासन समिति फितलो भएको गुनासो आएको छ। पार्टीमा जति अनुशासन हुनु पर्ने हो त्यो नभएकाले अव मजबुत बनाउन सुझाव दिएको सदस्य विश्वकर्माले बताए।  

पार्टी सभापतीलाई सिस्टमेटीक तरिकाले अघि बढाउनसमेत सुझाव दिएको बताए।

त्यस्तै, सुझाव संकलन समितिका सदस्य प्रदिप पौडेलले नेपालका भएका अन्य पार्टीको भन्दा लोकतान्त्रिक विधान बनाउने प्रस्ट पारे। नेपालको संविधानले व्यवस्था गरे अनुसार कांग्रेसको विधान बन्ने दावी गरे। ‘नेपालको संविधानले व्यवस्था गरे अनुसार पार्टीको विधान बन्छ।’ उनले भने,‘पूर्ण लोकतान्त्रिक, पूर्ण संघीयता र पूर्ण समावेशी विधान हुन्छ।’

प्रदेश १ को इलाममा छलफल सम्पन्न


आजै प्रदेश १ को इलाममा पनि मस्यौदामाथिको छलफल सम्पन्न भयो। पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ प्रमुख अतिथि रहेको छलफल कार्यक्रममा मस्यौदा समितिबाट आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी र मुक्तिप्रसाद अधिकारी सहभागी थिए। छलफलमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, सांसदहरु, प्रदेश सभाका सदस्यहरु एवं भातृ संस्थाका जिल्ला प्रमुखहरु सहभागी थिए। प्रदेश १ का बाँकी जिल्लाका सहभागीले ११ र १२ गते विराटनगरमा छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रदेश ३ को ललितपुरमा, सभापति शक्तिशाली हुनुपर्ने सुझाव


प्रदेश ३ का काठमाडौं ललितपुर, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुरका जिल्ला सभापति, महासमिति सदस्य क्षेत्रीय सभापति महाधिवेशन प्रतिनिधि सांसदहरु प्रदेश सभाका सदस्यहरु एवं भातृ संस्थाका जिल्ला प्रमुखहरुले पार्टीको मुख्याल सानेपामा मस्यौदामाथि छलफल गरेका छन्।

छलफलका सहभागीले पार्टी नेतृत्व संयुक्त भन्दा पनि एकल हुनुपर्ने धारणा राखेको कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। कार्यक्रममा काठमाडौंका कांग्रेस नेता दामोदर गौतमले पार्टी नेतृत्व एकल हुनुपर्ने सुझाव दिएका थिए। पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख अथित्यमा हिजोबाट शुरु भएको कार्यक्रममा ३३५ जना सहभागी भएको केसीले बताए। प्रदेश ३ का बाँकी जिल्लाका प्रतिनिधिहरुले ११ र १२ गते धुलिखेलमा छलफल गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell