PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

पाटेकरलाई 'सेक्सुअल ह्यारेस्मेन्ट'को आरोप



पहिलोपोस्ट

पाटेकरलाई  'सेक्सुअल ह्यारेस्मेन्ट'को आरोप

ग्ल्यामरको दुनियाँ बलिउडसँग आकार्षित नहुने कमै होलान्। बलिउडमा काम गर्ने नयाँ कलाकारहरुकाे संख्या बढ्दै गएकाे छ। तर, ग्ल्यामर दुनियाँको भित्री सत्यताबारे कमै जानकार छन्। बलिउड अनि ग्ल्यामर क्षेत्रको प्रमुख समस्या हो 'सेक्सुअल ह्यारेस्मेन्ट'।

अभिनेत्री तनुश्री दत्तले आफूलाई नाना पाटेकरले 'सेक्सुअल ह्यारेस्मेन्ट' गरेको आरोप लगाएकी छिन्। भारतीय मिडियामा हालै तनुश्रीले यस विषयबारे मुख खोलेकी हुन्।

सन् २००८ को कुरा हो। गीतको छाया‌ंकन दौरानमा उनलाई पाटेकरले सेटमा नै ह्यारेस गरेका थिए। उनले यसबारे फिल्मका निर्देशक र निर्मातालाई बताएकी पनि थिइन्। तर, कसैले उनीविरुद्ध केही कदम नचालेको बताउँछिन्। पुरानो घट्ना सम्झँदै भनिन् 'सबैलाई ‍थाह थियो। पाटेकरले अभिनेत्रीसँग गर्ने त्यस किसिमको व्यहारबारे तर सब चुप थिए।'

पाटेकर, बलिउडमा एक समय चर्चित नै थिए। अहिले उनी सामाजिक काममा बढी सक्रिय छन्। उनले तनुश्रीको यस आरोपबारे बलिउडमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell