PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कहाँ पुग्यो रेखाको 'मालिका'



पहिलोपोस्ट

कहाँ पुग्यो रेखाको 'मालिका'

काठमाडौं: फिल्म 'मालिका' प्रदर्शनको तयारीमा छ। फिल्मको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम 'किन्डल सिने स्टूडियोमा' भइरहेको छ। फिल्मकी निर्देशक रेखा थापाले निर्माण टिम अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको बताइन्। 'यही शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गर्दैछौँ। पोस्ड प्रोडक्सनको काम अन्तिमतिर पुगेको छ'।  

टिमले यसअघि फिल्मको एक दुई गीत सार्वजनिक गरेको थियो। गीतलाई दर्शकले रुचाएका छन्। अब फिल्मलाई कत्तिको रुचाउलान् त्यो त तिहारमा थाह हुनेछ। फिल्म लक्ष्मीपुजाको दिन प्रदर्शनमा आउनेछ।  ‍

यस फिल्ममा रेखासँगै जाजरकोटकी कमला ओलीको मुख्य भूमिका रहनेछ। नर बहादुर कार्कीकको कथामा बनेको फिल्ममा रामशरण उप्रेतीको छाया‌ंकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द छ। फिल्म बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषयमा बनेको बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell