PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

निशान चौहान 'धेरै सिक्नु पर्ने महशुस गरें'



पहिलोपोस्ट

निशान चौहान 'धेरै सिक्नु पर्ने महशुस गरें'

काठमाडौं :  'टप मोडल नेपाल २०१८'का विजेता निशान चौहान गत चैतमा लण्डनमा भएको 'टप मोडल वर्ल्डवाइड २०१८’को टप टेनमा पुग्न सफल भएका छन्। 'म्यानहन्ट नेपाल २०१६'का मिस्टर पर्सनालिटी समेत रहेका चौहान साढे ५ महिना लन्डन बसे। लन्डन बसाईमा उनी र्‍याम्पमा पनि उत्रिएका थिए। उनले पारिश्रमिक लिएर नै आफू र्‍याम्पमा उत्रिएको बताए।

उनले भने 'टप मोडल वर्ल्डवाइड २०१८'को उपाधि जित्छु भनेरै लण्डन गएको थिएँ तर त्यहाँ पुगेपछि आफूलाई अझै धेरै सिक्नु पर्ने महशुस गरें। त्यहाँबाट धेरै कुरा सिकेर फर्किएको छु।'

उनले फिल्म 'पर्वु'मा काम गरेका थिए। उनले सन् २०१६ बाट मोडलिङ सुरु गरेका हुन्। २९ वर्षिय चौहानले काठमाण्डौंमा मोडलिङ गरेका थिए।कलर्स मोबाईल, डाबर नेपाल, एसआर स्टील तथा यूएसएड नेपालको परिवार योजनाको विज्ञापन लगायत अन्य थुप्रै टेलिभिजन विज्ञापनमा उनी फिचर्ड छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell