PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

निर्मला प्रकरणमा मोबाइल नम्बर सार्वजनिक गर्दै समितिले भन्यो : कुनै सूचना भए फोन गर्नुस्



पहिलोपोस्ट

निर्मला प्रकरणमा मोबाइल नम्बर सार्वजनिक गर्दै समितिले भन्यो : कुनै सूचना भए फोन गर्नुस्

काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा छानबिन गर्न पछिल्लो पटक एआइजीको नेतृत्वमा गठित समितिले प्रहरीलाई सूचना दिएर सहयोग गर्ने अनुरोध गरेको छ। 

एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले निर्मला घटनामा प्रहरी लगायत कसैको बारेमा सूचना भए निर्धक्क भएर दिन अनुरोध गरेको हो। समितिका संयोजक बस्न्यातले भने, 'घटनाबारे कोही कसैलाई केही पनि सूचना जानकारी भए निर्धक्क सम्पर्क गर्नुहोला। तपाईँहरूको सूचनाले प्रहरीलाई घटनाको सत्ततथ्य पत्ता लगाउन सहयोग गर्नेछ।'

एआइजी बस्न्यातले सम्पर्कको लागि आफ्नो मोबाइल नम्बर समेत सार्वजनिक गरेका छन्।  ९८५१०१६००८ नम्बरमा जो कसैले सूचना भएको खण्डमा टिपाउन सक्नेछन्। सूचना टिपाउने व्यक्तिको नाम ठेगान सम्पूर्ण जानकारी गोप्य राखिने एआइजी बस्न्यातले जानकारी दिए। 

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। समितिले मंगलवार गृहमन्त्री रामबहादुर थापालाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती देखिएको छ। घटना संलग्न प्रहरी माथि अनुसन्धान भइरहेको छ। घटना भएको दुई महिना बितिसक्दा पनि प्रहरीले घटनाका मुख्य अभियुक्तलाई भने पहिचान गर्न सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell