PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

एन्फाले डिजिटल राइट माइकुजुलाई बेच्यो, चार वर्षका लागि सम्झौता, ए डिभिजन लिग अनलाइनमा लाइभ हेर्न सकिने



पहिलोपोस्ट

एन्फाले डिजिटल राइट माइकुजुलाई बेच्यो, चार वर्षका लागि सम्झौता, ए डिभिजन लिग अनलाइनमा लाइभ हेर्न सकिने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी चार वर्षको लागि अनलाइन टिभी माइकुजु टिभीसँग सम्झौता गरेको छ।

एन्फाले पाँच वर्षपछि आयोजना गर्न लागेको सहिद स्मारक ए डिभिजन लिगको पूर्वसन्ध्यमा माइकुजुसँग डिजिटल पार्टनरको रुपमा सम्झौता गरेको हो।

सम्झौतामा एन्फाका महासचिव इन्द्र मान तुलाधर र माइकुजुका सिईओ पेड्रो प्रेसाले हस्ताक्षर गरेका थिए।

सम्झौतापछि एन्फाले आयोजना फिफा, एएफसी, साफले गर्ने प्रतियोगिताको खेलहरु, लिगसहित विभिन्न प्रतियोगिताहरुको अनलाइभ लाइभ माइकुजु टिभीले गर्नेछ। यस्तै महिला लिग र फुटसल लिग समेत लाइभ गर्नेछ।

सम्झौतापछि असोज १३ गतेदेखि हुने ९१ वटै लिग खेल माइकुजुबाट अनलाइनमा लाइभ हेर्न सकिनेछ। एन्फाले ए डिभिजन लिगको मार्कटिङ र प्रमोसन राइट तीन वर्षको लागि रामसार मिडियालाई बेचिसकेको छ।

२०१७ देखि नै माइकुजुले नेपालमा हुने फुटबल खेलहरु लाइभ गर्न थालेपनि औपचारिक रुपमा पहिलो पटक सम्झौता गरेको एन्फाले जनाएको छ। चार वर्षको लाषि झण्डै एक करोड बराबरको सम्झौता भएको हो।

सम्झौतापछि एन्फा महासचिव तुलाधरले यस अनलाइनमा लाइभ फुटबल हेर्नका लागि माइकुजुद सबैभन्दा उपयुक्त साइट भएको प्रतिक्रिया दिएका छन्।

सन् २०१४ मा पेड्रो प्रेसा र जाओ प्रेसाले स्थापा गरेको माइकुजुले अहिले विश्वका विभिन्न स्थानमा हुने फुटबल खेलहरु अनलाइनमा लाइभ गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell