PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

इएफएल कप : लिभरपुल चेल्सीसँग पराजित



पहिलोपोस्ट

इएफएल कप : लिभरपुल चेल्सीसँग पराजित

प्रिमियर लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल इंगलिस लिग कप (इएफएल) को तेस्रो चरणबाटै बाहिरिएको छ। लिभरपुल चेल्सीसँग पराजित हुँदै बाहिरिएको हो।

घरेलु मैदानमा एक गोललको अग्रता लिएर पनि जोगाउन नसक्दा लिभरपुललाई चेल्सीले २-१ ले पराजित गरेको हो। चेल्सीले अन्तिम ११ मिनेटमा दुई गोल फर्काएको हो। यससँगै लिभरपुलको यस सिजनको अपराजित यात्रा समेत टुङ्गिएको छ। यद्यपी लिगमा भने लिभरपुल अपराजित छ।

एनफिल्डमा ५९औँ मिनेटमा ड्यानिएल स्टरिजले गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए। तर चेल्सीले कमब्याक गर्‍यो। ७९औँ मिनेटमा एमरसनले चेल्सीका लागि बराबरी गोल फर्काए। ८६औँ मिनेटमा एडेन हाजार्डले गोल गर्दै चेल्सीलाई जित दिलाए।

इएफएलकै अन्य खेलमा आर्सनलले ब्रेन्टफर्डलाई ३-१ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ। टोटनहमले वाटफोर्डलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell