PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फ्रेन्च लिग : पीएसजीको लगातार सातौँ जित, दोस्रो स्थानको लियोनमाथि ८ अंकको अग्रता



पहिलोपोस्ट

फ्रेन्च लिग : पीएसजीको लगातार सातौँ जित, दोस्रो स्थानको लियोनमाथि ८ अंकको अग्रता

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार सातौँ खेल जितेको छ। यस सिजन अपराजित रहने एक्लो टोलीको रुपमा रहेको पिएसजीले स्टेड रेइम्सलाई ४-१ ले पराजित गरेको हो। पिएसले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ४ गोल गरेको हो।

घरेलु मैदानमा पीएसजीका लागि एडिनसन कभानीले दुई तथा नेमार र थोमस मुनिएरले एक-एक गोल गरे।

खेलको चौथो मिनेटमै ज्याभिएरले गोल गर्दै रेइम्सलाई अग्रता दिलाएका थिए तर पाँचौ मिनेटमा कभानीले बरारी गोल फर्काए। नेमारले २४औँ र कभानीले ४४औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा पीएसजीले ३-१ को अग्रता बनायो। दोस्रो हाफमा एक गोल थप्दै पिएसजीले सहज जित हात पारेको हो।

जितपछि सात खेलबाट २१ अंक जोडेको पीएसजी अंक तालिकामा शीर्ष स्थानमा आसिन छ। पीएसजीले दोस्रो स्थानको लियोनमाथि ८ अंकको स्पष्ट अग्रता समेत बनाएको छ।

डियोनलाई ३-० ले पराजित गर्दै १३ अंक जोडेको लियोन दोस्रो स्थानमा छ। समान अंक भएपनि गोलअन्तरमा पछि रहेको मार्से तेस्रो स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell