PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पत्नी सीताको उपचारका लागि प्रचण्ड सिङ्गापुर प्रस्थान



पहिलोपोस्ट

पत्नी सीताको उपचारका लागि प्रचण्ड सिङ्गापुर प्रस्थान

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुर प्रस्थान गरेका छन्। 

यसअघि सीताको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो। ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। 

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन्। उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ प्रस्थान गरेका छन्। 

्नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो। केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो। माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell