PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

संघीय संसद्को चालु अधिवेशन अन्त्य हुँदै, के के गर्‍यो अधिवेशनले?



पहिलोपोस्ट

संघीय संसद्को चालु अधिवेशन अन्त्य हुँदै, के के गर्‍यो अधिवेशनले?

काठमाडौँ, संघीय संसद्को चालु बजेट अधिवेशन आजदेखि अन्त्य हुँदैछ। बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा र २ बजे राष्ट्रियसभा बैठक बस्दैछन्। दुबै सदनबाट अधिवेशन अन्त्यको घोषणा गरिँदैछ। संसदको चालु अधिवेशन वैशाख २३ गतेबाट सुरु भएको हो।

करिब पाँच महिनापछि बजेट अधिवेशन अन्त्य गर्न लागिको हो। 

प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराको निजी सचिवालयका अनुसार दिउँसो १ बजेको बैठकमा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। 


के के गर्‍यो काम?

अधिवेशन अन्त्यका क्रममा दुबै सदनले अहिलेम्म गरेका काम कारबाहीको जानकारी दिनेछन्। चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममा छलफल र पारित गरेको थियो। यस्तै वार्षिक बजेट पेस भई पारित भएको छ। 

चालु अधिवेशनले नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाको नियमावली पारित गरेको थियो। यस्तै, संघीय संसद्को संयुक्त सभा र समिति सञ्चालनसम्बन्धी नियमावली पनि यही अधिवेशनबाट पारित भएका हुन्। 

यस्तै, सरकारका तर्फबाट पेस भएका मौलिक हकका १६ कानुन दुबै सदनबाट पारित भई प्रमाणीकरण भइसकेका छन्। मौलिक हकबाहेक राहदानी विधेयक चालु अधिवेशनले पारित गरेको छ । 

यस्तै, नेपाल पक्ष भएका विभिन्न चार महासन्धि अधिवेशनबाट अनुमोदन भइसकेका छन्। चालु अधिवेशन अन्तर्गत प्रतिनिधिसभाका ७९ र राष्ट्रियसभामा ६१ वटा बैठक बसेका छन्। 

चिकित्सा शिक्षा, नागरिकता लगायतका केही विधेयक समितिहरुमा विचाराधीन छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell