PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एसिया कप : पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने



पहिलोपोस्ट

एसिया कप : पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

युएईमा भइरहेको एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्। सुपर फोर राउण्ड अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै बंगलादेशले भारतसँग फाइनल भेट पक्का गरेको हो।

भारत सुपर फोरमा अपराजित रहँदै फाइनल प्रवेश गरेको हो। बंगलादेशले भने सुपर फोरमा अफगानिस्तान र पाकिस्तानलाई हरायो भने भारतसँग हार बेहोर्‍यो।

पाकिस्तान र बंगलादेशमध्ये विजयी हुने टोली फाइनल पुग्ने थियो। दुबै टोलीका लागि यो खेल महत्वपूर्ण थियो।

मुस्फिकर रहिमको ९९ रन तथा मुस्ताफिजुर रहेमानको ४ विकेट मद्दतमा बंगलेशले पाकिस्तानलाई ३७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले सात बल अगावै अलआउट हुँदै २३९ रन बनाएको थियो। जवाफमा पाकिस्तानले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो।

बंगलादेशका लागि रहिमले सर्वाधिक ९९ रन बनाए। मोहम्मद मिथुनले ६० रन जोडे। पाकिस्तानका जुनैद खानले ४ तथा साहिन अफ्रिदी र हसन अलीले २-२ विकेट लिए।

पाकिस्तानका लागि इमाम उल हकले ८३ तथा आसिफ अलीले ३१ रन बनाए। बंगलादेशलाई जित दिलाउन रहेमानले ४ तथा मेहदी हसन मिराजले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell