PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

सट्टेबाज किङ 'नागराज'को अवैध धनमा सम्पत्ति शुद्धिकरणले अनुसन्धान थाल्दै



पहिलोपोस्ट

सट्टेबाज किङ 'नागराज'को अवैध धनमा सम्पत्ति शुद्धिकरणले अनुसन्धान थाल्दै

काठमाडौं : सट्टेबाजीका मुख्य नाइके अमृत भनिने नथमल अग्रवाल 'नागराज'लाई प्रहरीले आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार ९ गते धनुषा जनकपुर नगरपालिका घर भइ काठमाडौंको पानीपोखरीमा बस्ने अग्रवाललाई पक्राउ गरेको थियो

महाशाखाले ठगी मुद्दामा पक्राउ गरेका नागराज उच्च अदालत पाटनको आदेशमा ४० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। नागराजले सट्टेबाजीबाट अवैध सम्पति आर्जन गरेको देखिएकाले थप अनुसन्धानको लागि विभाग पठाएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

अग्रवालले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै ठगी गरेको उजुरी प्रहरीमा परेको थियो। नागराजले तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी महाशाखामा परेको थियो।

नागराजको अन्तर्राष्ट्रिय कुख्यात डन दाउद इब्राहिमसँग सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सिंहका अनुसार नेपालमा सट्टेबाज भित्र्याउने नागराज नै हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell