PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

दत्तलार्इ साथ दिँदै जेनिसले भनिन्ः पाटेकर नै दोषी



पहिलोपोस्ट

 दत्तलार्इ साथ दिँदै जेनिसले भनिन्ः पाटेकर नै दोषी

हालै बलिउड अभिनेत्री तनुश्री दत्तले १० वर्षअघि अभिनेता नाना पाटेकरले आफूलाई 'सेक्सअल ह्यारेसमेन्ट'गरेको आरोप लगाएकी थिइन्। फिल्म सेटमा नै 'सेक्सअल ह्यारेसमेन्ट' भएको कुरा उनले बताइन्। यस विषयमा पाटेकरको प्रतिक्रिया आएको छैन।

आखिर के भएको थियो त फिल्म सेटमा, के पाटेकरमाथि लगाइएकाे आरोप सही हाे? बलिउडमा यस विषयमा टिका टिप्पणी सुरु भएको छ।

घट्नाकाे साक्षी रहेकी पत्रकार जेनिसले यस विषयमा अर्को खुलासा गरेकी छिन्। उनले सामाजिक सञ्जाल ट्विटरमा फिल्मको गीत रिपोर्ट लिन पुग्दा तनुश्रीका कारण छायांकन रोकिएको लेखेकी छिन्।

उनले लेखेकी छिन्, 'उनी निकै उदास थिइन् त्यो दिन सुटिङ सेटमा। बुझ्दै जाँदा पाटेकरका कारण उनी निराश रहेको कुरा थाह भयो। उनका वरिपरि निर्देशक निर्माता थिए कुरा गरिरहेका थिए। त्यहाँ ५० जना कोरसहरु पनि।'

भारतीय मिडियामा जेनिसले तनुश्रीको पक्षमा बोलेकी छिन्। उनले मिडियालाई भनेकी छिन्, 'आज तनुश्रीको मात्र कुरा छ भोलि अरुलाई पनि यस्तो हुन सक्छ। नयाँ अभिनेत्रीलाई यस्तो हुन सक्छ। त्यसैले मैले बोलेँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell