PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

गायनबाट फिल्म अभिनयमा गायकहरुको झुकाव



पहिलोपोस्ट

गायनबाट फिल्म अभिनयमा गायकहरुको झुकाव

काठमाडौं : गायक बाबु बोगटी अभिनित 'बाटो मुनिको फूल'लाई दर्शकले निकै रुचाए। 'सान्नानी तिमिलाई हिर्काउँला लौरीले' बोलका गायक बाबुको रुचि अभिनयमा बढ्दै गयो। उनी गायनसँगै फिल्म अभिनय गर्न सक्रिय छन्।

तर उनी अभिनित पछिल्लो फिल्म 'देश खोज्दै जाँदा'को खासै चर्चा भएन। अब उनी अभिनित फिल्म 'अमेरिकन बाबु मेड इन नेपाल' प्रदर्शनको तयारीमा छ। अहिले उनी देश विदेशमा स्टेज कार्यक्रम गर्न सक्रिय छन्। गायनबाट अभिनय गर्दै फिल्मको हिरो बने बोगटी। उनले अभिनेत्री केकी अधिकारीसँग 'बितेका पल' गरेका थिए।

गायनबाट फिल्मका हिरो बन्नेहरुमा अन्य नामहरु छन् सत्यराज आचार्य, यशकुमार, निमा रुम्बा। गायक सत्यराज आचार्यका पछिल्ला दुई फिल्म 'साढे सात' र 'हैरान'ले पानी भन्न पाएन। फिल्म व्यवसायिक हिसाबले असफल नै रहे। तर उनले फिल्मबाट आफ्नो अभिनयको सकरात्मक प्रतिक्रिया बटुलेका थिए।

त्यस्तै अब गायक निमा रुम्बा र यशकुमार अभिनित फिल्म 'छिरिङ' यही शुक्रबारदेखी प्रदर्शनमा आउँदैछ। फिल्मलाई यशकुमारले निर्देशन गरेको हो। निर्देशनसँगै फिल्ममा उनको अभिनय पनि देख्न पाइनेछ। यो फिल्म 'कथा काठमाडौं' र 'अनुराग'सँगै एकसाथ प्रदर्शनमा आउने भएका छन्।

अब दुई फिल्मसँगै प्रतिस्पर्धामा उत्रिने यस फिल्मले निमा र यशको फिल्म करियरलाई कता पुर्‍याउला?

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell