PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

 भारतले गर्‍याे क्षेप्यास्त्रको सफल परीक्षण



पहिलोपोस्ट

 भारतले गर्‍याे क्षेप्यास्त्रको सफल परीक्षण

नयाँदिल्लीः भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । 

भारतीय वायू सेनाको एसयू–३० लडाकू विमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको मन्त्रालयले जनाएको छ । 

भारत सरकारको स्वामित्वमा रहेको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाले पहिलोपटक आकाशबाट आकाशमै मार हान्न सक्ने उत्कृष्ट र अभेद्य क्षेप्यास्त्र निर्माण गरेको बताइएको छ ।

नयाँ क्षेप्यास्त्रले फरकफरक दूरी र २० देखि ८० किलोमिटर उचाइका क्षेत्रमा अचूक निशाना लगाउन सक्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell