PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सरकारलार्इ माधव नेपालको प्रश्नः देशमा गृहमन्त्री र गृह प्रशासन छ कि छैन?



पहिलोपोस्ट

सरकारलार्इ माधव नेपालको प्रश्नः देशमा गृहमन्त्री र गृह प्रशासन छ कि छैन?
फोटोः रासस

काठमाडाैँ: सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधव नेपालले गृहमन्त्री रामबहादुर थापाकाे काम कारबाहीप्रति प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा नेता नेपालले जघन्य अपराधसँगै देश टुक्र्याउने अभिव्यक्ति दिँदै खुलेआम मान्छेहरु हिडिरहेकाे भन्दै देशमा गृहमन्त्री र गृह प्रशासन नभएकाे महसुस भइरहेकाे बताए। उनले कञ्चनपुर, रौटहटलगायतका मुलुकभर अनेकौं ठाउँमा आपराधिक घटनाहरु बढीरहेको भन्दै ती घटनालाई रोक्ने कुनै अंग छ कि छैन भन्ने प्रश्नसमेत गरे।

उनले सरकारलाई प्रश्न गर्दै भने‘आज पनि घटनाहरु घटिरहेका छन्। सरकारप्रति जनताले प्रश्नहरु उठाइरहेका छन्। कञ्चनपुरबाट राज्य छ कि छैन भनेर प्रश्न उठिरहेको छ। रौतहटको चन्द्रपुरबाट प्रश्न उठिरहेको छ, जहाँ एसिड आक्रमणबाट एक बालिकाको मृत्यु भयो। यस्ता अनेकौं घटना घटिरहेका छन्। यी घटना रोक्न कुनै अंग छ कि छैन।’ 

 देश टुक्र्याउछु भन्दै हिड्नेहरुलार्इ सरकार के हेरेर बसिरहेकाे भन्दै उनले किन गिरफ्तार हुुन सकिरहेका छैनन् भन्ने प्रश्नसमेत गरे। नेपालले भने,‘मान्छेले पहिलो सरकारको राम्रो काम र परिणाम हेर्न चाहन्छ। राम्रो परिणाम आए हाम्रो शीर ठाडो हुन्थ्यो। जुन जोगी आए पनि कानै चिरिएको भन्ने सुन्न पाइँदैन थियो कि?’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell