PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

यस्तो बन्यो 'नालापानी'को टिजर



पहिलोपोस्ट

यस्तो बन्यो 'नालापानी'को टिजर

काठमाडौं : फिल्म 'नालापानी' टिमले प्रचार थालेको छ। फिल्म निर्माण टिमले प्रचार अस्त्र टिजर सार्वजनिक गरेको छ। फिल्मको टिजरमा युद्धका दृश्यहरु देखाउन खोजेको छ। फिल्मलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन्।

‘नालापानी’ जस्तो ऐतिहासिक घटनाका योद्धा वीर सहिद वलभद्र कुँवरको जीवनी फिल्ममा समेटेको बताइएको छ। फिल्मको प्रदर्शन टार्गेट अझै तय भएको छैन। फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतको अभिनय रहको छ।

पद्मा कुमारी फिल्मस र गंगानारायण फिल्मसको संयुक्त ब्यानरमा फिल्म बनेको छ। फिल्मको लेखन रिमेश र कृष्ण आचार्यले गरेका हुन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द, बिपिन मल्लको सम्पादन, अच्युत गजुरेलको भिएफएक्स, रामशरण उप्रेतीले छायाँकन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell