PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पोखरा प्रिमियर लिगमा यी हुन् टिमका लगानीकर्ता र मार्की प्लेयर



पहिलोपोस्ट

पोखरा प्रिमियर लिगमा यी हुन् टिमका लगानीकर्ता र मार्की प्लेयर

काठमाडौं : पोखरा प्रिमियर लिग (पिपिएल)मा टिमका लगानीकर्ता र मार्की प्लेयर सार्वजनिक गरिएको छ। क्विन्स इभेन्टस् प्रालिले मार्की प्लेयर र टिम स्वामित्व सार्वजनिक गरेको हो।

आज सार्वजनिक गरिएको सूची अनुसार चितवन राइनोजको स्वामित्व युवा व्यवसायी राहुल महरा र उनको टिमले लिएको छ। युवा व्यवसायीसहित गैरआवसीय नेपालीको यसमा लगानी छ। टिमको मार्की प्लेयर्स हुन् पारस खड्का।

विराटनगर टाइटल्स् पूर्व क्रिकेटर तथा व्यवसायी पारस लुनिया सहितको टिमको स्वामित्वमा रहेको छ भने युवा क्रिकेटर सन्दीप लामिछाने मार्की प्लेयर हुन्।

बुटवल ब्लास्टर्सको स्वामित्व रामबहादुर विष्टसहित व्यवसायीमा छ। यसको मार्की प्लेयर हुने सोमपाल कामी।

पोखरा पल्टनको स्वामित्व व्यवसायी विनायक पोखरेल सहितको टिमको हो। यसमा शरद भेषावकर मार्की प्लेयर छन्।

त्यसैगरी एक्सपर्ट धनगढी ब्लुजको स्वामित्व संजीव शर्मा तथा एक्सपर्ट एजुकेशन एन्डा भिजा सर्भिसमा छ। टिमको मार्की प्लेयरमा दीपेन्द्रसिंह ऐरी छन्। 

हुलास काठमाडौं रोयल्सको टीम स्वामित्व राज्यलक्ष्मी गोल्छामा छ। टिमको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल हुन्।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell