PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

गीतकार विजय शिवाकोटी र गायक दीप श्रेष्ठको संग्रह सार्वजनिक



पहिलोपोस्ट

गीतकार विजय शिवाकोटी र गायक दीप श्रेष्ठको संग्रह सार्वजनिक

काठमाडौं : गीतकार विजय शिवाकोटी तथा गायक दीप श्रेष्ठको सांगीतिक एल्बम 'संग्रह' सार्वजनिक भएको छ। एक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको एल्बममा ६ वटा गीत रहेका छन्।

१५ वर्षअघिदेखि शिवकोटीका शब्दमा स्वर दिँदै आएका दीप श्रेष्ठको यो आठौं एल्बमसमेत हो। '१५ वर्षअघि विजयले लेखेको गीत गाएँ, विर्सिएँ, फेरि गाएँ। अहिले यो संग्रहकै रुपमा आएको छ,' गीतबारे श्रेष्ठले बताए। 

एल्बम विमोचनसँगै कार्यक्रममा श्रष्टाहरुलाई सम्मानित गरिएको थियो। 

प्रेमध्वज प्रधान, डाक्टर तारानाथ शर्मा, किरण खरेल, दीप श्रेष्ठ, दीपक जंगम, दीपक खरेल, प्रकाश गुरुङ लगायतलाई सम्मान गरिएको हो।
 
'सर्जकहरुलाई सिर्जना क्षेत्रमा लागेकाले गर्ने सम्मान अरुभन्दा बढी महत्वको हुन्छ,' गीतकार शिवाकोटीले भने, 'संगीतको क्षेत्रमा उहाँहरुको योगदानप्रति सम्मान प्रकट गर्न पाउँदा गौरवान्वित भएका छौं।'

शिवाकोटीका १ सय ५० भन्दा सिर्जनाहरु गीतका रुपमा सार्वजनिक भइसकेका छन्। उनका गीतमा प्रेमध्वजप्रधानदेखि, दीपक खरेल, रामकृष्ण ढकाल, नविन भट्टराई लगायतका चर्चित गायकले स्वर दिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell