PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रधानमन्त्रीकाे गुहार र गृहमन्त्रीकाे अभिव्यक्ति लज्जास्पदः विजयकुमार गच्छदार



पहिलोपोस्ट

प्रधानमन्त्रीकाे गुहार र गृहमन्त्रीकाे अभिव्यक्ति लज्जास्पदः  विजयकुमार गच्छदार

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले केपी अाेली नेतृत्वको सरकार देशको शान्ति सुरक्षाको गर्न असफल भएको बताएका छन्।

प्रतिपक्ष दलका नेताको हैसियतले बिहीवारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारबाही गर्न नसकेको, भ्रष्टाचारीहरुलार्इ पुरस्कृत हुँदै गएकाे गम्भीर अाराेप लगाएका हुन्।

नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र बलात्कारको घटना पहिले पनि हुन्थे भन्नु र प्रधानमन्त्रीले पार्टीको एक कार्यक्रममा कार्यकर्तालाई विरोधीमाथि अरिङ्गालो झैं जाइलाग्नु भन्ने अभिव्यक्ति गैरसंसदीय अभ्यास भएको आरोप लगाए।

प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र होइन भन्दै उनले विरोधीलाई पनि सहमति, सहकार्य र एकतामा गोलबद्ध बनाउन सकेमात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प पूरा हुने बताए ।

नेता गच्छदारले भने ‘सरकार गतिशील हुन नसकेको भन्दै संविधान कार्यान्वयनको दिशामा सरकार अल्झिनु महँगी नियन्त्रण गर्न नसक्नु तथा जथाभावी कर बढाउनुले संविधान कमजोर बन्दै गएको छ।' उनले सरकार सङ्घीयता कार्यान्वयन गर्ने भन्दापनि विफल बनाउन लागेको आरोप लगाए । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell