PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

राष्ट्रकविप्रति समर्पित नेपथ्यको 'ऐनाझ्याल' स्वयम्भूमा गुञ्जिँदै



पहिलोपोस्ट

 राष्ट्रकविप्रति समर्पित नेपथ्यको 'ऐनाझ्याल' स्वयम्भूमा गुञ्जिँदै

काठमाडौं : लोकप्रिय ब्याण्ड नेपथ्यले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दै 'ऐनाझ्याल' बोलको गीतको भिडियो सार्वजनिक गरेको छ। घिमिरेको सयौं वर्षको जन्मदिनमा गीतको भिडियो सार्वजनिक गरेको हो।

सन् २०१० मा तयार भएको एल्बम 'ऐनाझ्याल' मा यो गीत समावेश छ। एक वर्षसम्म ब्याण्डले ‍कन्सर्टहरुको 'ओपनिङ सङ'मा प्रस्तुत गरेको थियो। गीतको शब्द रचना घिमिरेले नै गरेका हुन्। पञ्चायत कालको प्रारम्भताका यस गीतको रचना गरिएको राष्ट्रकवि घिमिरेले बताउँदै आएका छन्। 

'राजा महेन्द्रले बोलीमा प्रजातन्त्र भनेता पनि व्यवहारमा छल गर्दै स्वतन्त्रता नदिइरहेको परिस्थितीमा यस गीतको रचना गरेको थिएँ। त्यतिबेला यस गीतको राजनीतिक अर्थ छैन भनेर बच्नकै निम्ति दश वर्ष पुरानो रचना हो भन्नुपरेको थियो।'गीतको भिडियोमा राष्ट्रकविका तस्विरहरु समेटिएका छन्। भिडियोलाई केही दिनअघि मात्र नेपथ्यको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

नेपथ्यले यो शनिबार स्वयम्भूमा कन्सर्ट गर्ने भएको छ। नेपथ्यका अगुवा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन्।



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell