PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

३३ किलो सुन प्रकरण : एसएसपी र डिएसपीपछि पूर्व डिआइजी निरौलालाई पनि छाड्न आदेश



पहिलोपोस्ट

३३ किलो सुन प्रकरण : एसएसपी र डिएसपीपछि पूर्व डिआइजी निरौलालाई पनि छाड्न आदेश

काठमाडौः ३३ किलो सुन प्रकरणमा थुनामा रहेका पूर्वडिआइजी गोविन्द निरौलालाई साधारण तारेखमा छोड्न उच्च अदालतते आदेश दिएको छ।

जिल्ला अदालत मोरङको निर्णय उल्टाउँदै उच्च अदालत विराटनगरले पूर्वडिआइजी निरौलालाई छोड्न बिहीबार आदेश दिएको हो। न्यायाधीशद्वय जनक पाण्डे र सारङ्गा सुवेदीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले निरौलालाई गत वैशाख ९ गते पक्राउ गरेको थियो । २०७४ चैत २८ मा अवकाश पाएका निरौलालाई विमानस्थलमा प्रहरी इन्चार्जका रूपमा कार्यरत निरौलालाई तस्करीमा सघाएको अभियोग लगाइएको थियो।

सुन प्रकरणमा थुनामा परेका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी पनि यसअघि उच्च अदालतको आदेशबाट छुटिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell