PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एभीएल : चितवन टाइगर्सबाट तीन अमेरिकन खेलाडीले खेल्ने



पहिलोपोस्ट

एभीएल : चितवन टाइगर्सबाट तीन अमेरिकन खेलाडीले खेल्ने
फोटो : राखेप

काठमाडौँ : नेपाल भलिबल संघ र आदिअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा हुने आदिअबाधी महिला भलिबल लिग (एभीएल) का लागि चितवन टाइगर्सले विदेशी खेलाडी अनुबन्ध गरेको छ।

चितवनले विदेशी खेलाडीको रुपमा शुक्रवार ३ अमेरिकन महिला खेलाडीलाई भित्र्याएको हो।

बिहीवार आदीअवादी फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा तीन खेलाडीलाई स्वागत गरे।

अमेरिकन खेलाडीहरुमा जासन ब्रिक्र्स, ट्रेस राउन्ड ट्री र डलटोन टु जोन रहेका छन्। उनीहरुले स्पाईकर र ब्लकरको भूमिका निर्वाह गर्नेछन्।

चितवन टाइगर्सका अन्य खेलाडीमा नेपालको राष्ट्रिय खेलाडी अरुणा शाही सेटरको भूमिकामा रहनेछन्। यस्तै पुनम चन्दले ब्लकर र स्पाइकरको जिम्मेवारी सम्माल्ने छिन्।

त्यस्तै अन्य खेलाडीमा सजना महतो, लिब्रो यमकली कुवँर, मोनिका महतो, आरती सुबेदी, जश्ना महतो रहेका छन्। कोचको भूमिका बाबुराम महतो रहनेछन्। पहिलो पटक हुन लागेको एभीएल यही शनिवार (असोज १३ गते)देखि सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell