PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

नेपालका प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल ब्याड्मिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा



पहिलोपोस्ट

नेपालका प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल ब्याड्मिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौँ : नेपालका ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यू–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

दुबईमा बिहीवार भएको राउन्ड अफ-३२ को खेलमा प्रिन्सले युएईका प्रनव प्रविनलाई २–० को सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।

शुरुवात देखि नै प्रनवमाथि हावी बनेको प्रिन्सले पहिलो सेट २१–२ ले सहजै जिते। प्रिन्सले दोस्रो सेट २१–८ ले जित्दै सोझो सेटमा खेल जिते।

उनले पहिलो चरणमा वाई पाएको थियो। सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन्। उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए।

बुधवारबाट शुरु भएको सिरिज आइतवारसम्म चल्नेछ। सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरिया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ।

गत आइतवार मात्रै काठमाडौँमा भएको तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यू–१५ पुरुषतर्फ च्याम्पियन बनेको प्रिन्सले शुक्रवार अन्तिम १६ को खेलमा युएईकै धनवान्थ राहभानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell