PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै



पहिलोपोस्ट

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै
फोटो : BFF

काठमाडौँ : भुटानमा आज देखि सुरु हुने साफ यू-१८ वुमन्स च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ।

नेपाल र पाकिस्तानबीचको खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा स्थानिय समयअनुासर बेलुका ७ बजे सुरु हुनेछ। समूह बी मा नेपाल र पाकिस्तानसँगै बंगलादेश पनि छ। 

यस्तै आजै समूह ए मा रहेका आयोजक भुटान र भारतबीच ४ बजे उद्घाटन खेल हुँदैछ। समूह बी मा माल्दिभ्स पनि छ। 

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। दक्षिण एसियाली फुटबल महासंघ साफले पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो।

च्याम्पियनसिप सुरु हुनुअघि बिहीवार भएको प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक हरिओम श्रेष्ठले विगत दुई महिनादेखि नेपालले यस प्रतियोगिताको लागि राम्रो तयारी गरेको बताए। यस्तै नेपालका कप्तान सरु लिम्बुले प्रतियोगिता जित्ने लक्ष्य रहेको बताइन्।

प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक श्रेष्ठ र कप्तान लिम्बु:

 

 

नेपाली टोली :

गोलकिपर : अन्जना राना मगर, उषा नाथ, कविता राई

डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला वि क, कोपिला धिमाल, पुनम फरसवान,  पुजा राना मगर

मिडफिल्डर : सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती

फरवार्ड : रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा


प्रशिक्षक : हरि ओम श्रेष्ठ

सहायक प्रशिक्षक : प्रकास बैद्य

गोलकिपर प्रशिक्षक : अस्मिता खवास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell