PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पीपीएलको लागि १७९ खेलाडीले गरे नाम दर्ता, अक्सनबाट ६० खेलाडी लिलामी हुने



पहिलोपोस्ट

पीपीएलको लागि १७९ खेलाडीले गरे नाम दर्ता, अक्सनबाट ६० खेलाडी लिलामी हुने

काठमाडौँ : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० का लागि कुल १७९ खेलाडीले नाम दर्ता गराएका छन्।

पीपीएलको लागि आयोजक क्वीस इभेन्ट्सले अनलाइनमार्फत खेलाडी दर्ता गरेको थियो। त्यसैबाट १७९ खेलाडीले नाम दर्ता गराएको क्वीन्स इभेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जनाएका छन्।

जसमा सिनियर क्याप्डमा ३० जना, क्याप्डको उमेर समुहमा ५७ जना र अनक्याप्डमा ९२ जना खेलाडीले नाम दर्ता गराएका छन्।

दर्ता भएका खेलाडीहरुको यही आइतवार सांग्रिला होटनलमा अक्सन हुने आयोजकले जनाएको छ।

अक्सनबाट ६० खेलाडी सहभागी ६ टिममा लिलाम हुनेछन्। आयोजकले बिहीवार लिग खेल्ने ६ फ्रेन्चाइज टिम र मार्की खेलाडीको नाम घोषणा गरिसकेको छ।

अक्सनमा क्याप्डमा राखिएको खेलाडीको बेस प्राइस ५० हजार र अधिकतम २ लाख ५० हजार राखेको छ। यस्तै क्याप्ड उमेर समुहको बेस प्राइज ५० हजार र अधिकतम १ लाख ५० हजार राखिएको छ भने अनक्याप्डमा रहेको खेलाडीको बेस प्राइज ३० हजार र अधिकतम एक लाख रहेको छ।

यसबाहेक सहभागी प्रत्येक टिमले दुई विदेशी खेलाडी अनिवार्य राख्नुपर्नेछ। यस्तै लोकल आइकनका रुपमा दुई स्थानिय खेलाडी सबै टिमले राख्नुपर्नेछ।

पीपीएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्न सक्नेछन्। जसमा अक्सनबाट १० खेलाडी अनुबन्ध गर्नुपर्नेछ भने १ मार्की खेलाडी, २ विदेशी खेलाडी र २ लोकल आइकन प्रत्येक टिममा रहनेछन्।

पीपीएलको पहिलो संस्करण कात्तिक ९ देखि २० गतेसम्म आयोजना हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell