
काठमाडौं । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।
महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री त्यस तर्फ प्रस्थान गरेकी हुन्।
सम्मेलनमा खानेपानी मन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दासले समेत सहभागिता जनाउने छन्। उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी हुँदैछन् ।
सम्मेलनमा नेपालको तर्फबाट सरसफाईको क्षेत्रमा भईरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । सम्मेलन शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।