PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

चितुवाको छाला र दाँतसहित दुई जना पक्राउ



पहिलोपोस्ट

चितुवाको छाला र दाँतसहित दुई जना पक्राउ

बाँकेः प्रहरीले चितुवाको छाला र दाँतसहित गए राति दुई जनालाई पक्राउ गरेको छ। प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादीलाई पक्राउ गरेको हो।

नेपालीसँग रहेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए। 

चितुवा गोली प्रहार गरी मारिएको हुनसक्ने पौडेलले बताए। दुवै छालामा गोली लागेको प्वाल रहेको छ। नेपाली र वादीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell