PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

'सुकेनास' लागेका सरकारी निकायलाई चुस्त-दुरुस्त बनाउँछाैः मन्त्री पण्डित



पहिलोपोस्ट

'सुकेनास' लागेका सरकारी निकायलाई चुस्त-दुरुस्त बनाउँछाैः मन्त्री पण्डित

काठमाडाैँः सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ। स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्यौलता छाइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिए।

उनले स्थानीय तहलाई दिशा निर्देश हुने गरी आयोजना गर्न लागिएको तालिमका लागि आवश्यक ऐन, कानुन र संरचना निर्माणको कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारे।

शुक्रबार ललितपुरमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५ औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री पण्डितले काम गर्नै नसक्ने अवस्थामा रहेका स्थानीय तहलाई आवश्यक तालिम दिनका लागि तयार रहन पनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिए।

स्थानीय तहमा विकास, निर्माणको कामलाई तीव्रता दिन पनि आवश्यक तालिमको काममा ढिलाई गर्न नहुने मन्त्री पण्डितको बुझाई छ। मन्त्री पण्डितले ‘सुकेनास’ जस्ता रोग लागेका आफू मातहतका सरकारी निकायलाई चुस्तदुरुस्त बनाएर काममा तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell