PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश ७ को नाम र केन्द्रबारे असहमति राख्दै कांग्रेसद्वारा  प्रदेश सभा बैठक अवरुद्ध, सुरक्षा व्यवस्था कडा पारिँदै

प्रदेश ७ को नाम र केन्द्रबारे असहमति राख्दै कांग्रेसद्वारा प्रदेश सभा बैठक अवरुद्ध, सुरक्षा व्यवस्था कडा पारिँदै

एम बम/पहिलोपोस्ट


कैलाली: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सात नम्बर प्रदेश सभा भवन भित्रै नारावाजी गरेका छन्। संसदीय विशेष सुझाव समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न गरेको निर्णयविरुद्ध सांसदहरुले नारावाजी गरेका हुन्। 

आजको प्रदेश सभा वैठकमा प्रदेशको नाम र राजधानीबारे सहमतिको प्रयास हुने र सहमति हुन नसके दुई तिहाइको आधारमा नाम र राजधानी घोषाणा हुने कार्यसूची रहेको थियो।
 
तर प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदीय समितिले बुझाएको प्रतिवेदन अपूर्ण रहेको भन्दै अवरोध गरेर वैठक चल्न दिएका छैनन्। साढे ११ बजे वैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले टेबुल ठोकर ५ मिनेटसम्म वैठक चल्न दिएनन्। त्यस पछि आठ मिनेटसम्म भवन भित्रै नाराबाजी गरेपछि सभामुख अर्जूनबहादुर थापाले वैठक १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए। तर १ बजेपनि सहमती हुन नसकेपछि वैठक अनिश्चित बनेको छ।  

जनताको जनमत विपरीत राजधानीको नामाकरणर र राजधानी तोक्ने कार्य सत्तारुढ दलले गरेको प्रतिपक्षी दलको आरोप छ। 

प्रदेश सभा भवन बाहिर पनि नेपाली कांग्रेसको प्रदर्शन जारी छ। उच्च सुरक्षा सतर्ककताका विच आजको पदेश सभाको वैठक सुचारु गरिएको थियो। भवन वरपर सुरक्षा निकायको बाक्लो उपस्थिति छ। 


ट्रेन्डिङ पोस्ट

Ncell